अन्तरवारताका लागि छनाैट गरिएकाे सूचना निर्वाचन क्षेत्र विकास/पूर्वाधार विशेष कार्यक्रम २०७३/७४ बजेट तथा कार्यक्रम करार सेवामा प्राविधिक कर्मचारी भर्ना सम्बन्धी सूचना ! स्थानीय तह पुनर्संरचना प्राविधिक समितिको कार्यशर्त तथा कार्यविधि (परिमार्जन सहित) जिल्ला विकास समितिकाे कार्यालय, रूकुमकाे ९ वौं जिल्ला परिषदको प्रत्यक्ष प्रसारण । कार्यक्रम अधिकृतको लागी लिखित प्रश्नपत्रको ढांचा कार्यक्रम अधिकृत पदको लागी पाठ्यक्रम सम्बन्धि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै जारी भएको नेपालको संबिधान २०७२ पछिको जिल्ला बिकास समिति, रुकुमको पहिलो जिल्ला परिषद्को बैठक यही मिति २०७२ फाल्गुण २८ गते हुन गैराहेको जानकारी गाराऊदछौ | जिल्ला विकास समितिको नयाँ Website मा यहाँ हरुलाई हार्दिक स्वागत छ ….

संक्षिप्त परिचय

जिल्लाको संक्षिप्त विवरण
१.जिल्लाको संक्षिप्त परिचय :
रुकुम जिल्लाको ऐतिहासिक पृष्ठभूमी :
रुकुम जिल्ला राप्ती अञ्चलको सबैभन्दा उत्तरमा अवस्थित छ । यस जिल्लामा मध्यकालीन वाइसे राज्यहरू मध्ये रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट र जहारीकोटहरू पर्दथे । रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोटको नामाकरण भएको र रुक्मीणी देवी शब्दको अप्रभंश भई रुकुम नाम रहन गएको हो भन्ने भनाइ छ । ऐतिहासिक अभिलेखको आधारमा जुम्लाका राजा मेदनी बर्माले आफ्ना माइला भाइ पिताम्बरलाई रुकुमको राज्य दिएका थिए । केही राज्यहरू स–साना नाम मात्रका थिए । ती स–साना रजौटाहरूको अधिनमा थोरै जनसंख्या भएका गाँउ हुन्थे । राज्यको आम्दानी पनि थोरै हुन्थ्यो । उनीहरूलाई आफ्नो अस्तित्व जोगाउन कठिन हुन्थ्यो । शक्तिशाली राज्यहरूको इशारामा चल्नु पर्ने बाध्यात्मक स्थिति र बृहत नेपालको सृजना गर्ने दृढ संकल्पका साथ पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान पूर्वतिर चलाइराखेका थिए । उनको मृत्यु पछि राजा प्रताप सिंह शाहले बाबुको सपना साकार पार्न कविलासपुरमा हमला गरी विजय प्राप्त गरे ।
उनको अल्पआयुमै मृत्यु भए पछि राजमाता राज्यलक्ष्मीको लमजुङ्ग, तनहु, नुवाकोट, भिर्कोट, कास्की रिसीङ, घिसिङ माथि विजय प्राप्त गरी राजमाताको देहान्त पछि बहादुर शाहले नायवी भइ काम गरे । बहादुर शाह (रणबहादुर शाहको राज्यकाल) ले पिता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सफल पार्न अघि सरे । पाल्पासँग आफ्नो वैवाहिक सम्बन्ध कायम राखी कुटनैतिक दृष्टिको आधारमा पश्चिम पाल्पा र सल्यानबाट मद्दत लिने योजना बनाए । पश्चिमबाट बहादुर शाहले पाल्पा बाहेक सबै राज्यहरू विजय गरे । सल्यानले नेपाल सरकारलाई सहयोग गरेको देखेर दाङ्ग, जाजरकोट र रुकुम राज्यले आपसमा मिलेर सल्यानमाथि सामूहिक हमला गर्ने मिलोमतो गरे । तर काजी दामोदर पाण्डे, काजी जगत्जङ्ग पाण्डे, सरदार परवल राना र सुब्बा फौदसिंहको नेतृत्वमा नेपाली सैन्यले दाङ माथि विजय गरी सल्यानलाई सुम्पेको देखिन्छ । काजी जिप शाह, सरदार अमरसिह थापा, सरदार पारथ भण्डारी र सुब्बा जोग मल्लले उपल्लो खसीको बाटोगरी जहारीटार पुगि जाजरकोट संग सिढि सन्धि पत्र गरे । यसरी रुकुमकोट लगायत मुसिकोट, बाँफिकोट, जहारीकोट, आठविसकोट, गोतामकोट जस्ता स–साना राज्यहरू रणबहादुर शाहको राज्यकालमा नेपालमा एकीकरण भयो । यसरी एकीकरण भएको रुकुम जिल्ला वि.स. २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामध्ये मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चलको उत्तरी भेकमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्ला एक दुर्गम जिल्लाको रुपमा चिनिन्छ ।
यहाँ पौराणिक लोक संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज विद्यमान छन् । विविध, जातजाति, भाषाभाषी, संस्कृति यस जिल्लाको विशेषता हो । अग्ला अग्ला पर्वतको खोचमा रुकुमकोट (जिल्लाको पुरानो सदरमुकाम) नामको उपत्यका पनि छ । पोखरी आकारमा साना साना खाल्टाखुल्टी र थुम्का टाकुरा भएको यस स्थानलाई ५२ पोखरी ५३ टाकुरी पनि भनिन्छ । वि.स. २०३० सालमा रुकुमकोटवाट सदरमुकाम जुम्ली खलंगा मुसिकोटमा सरेको हो । आजभोलि यसलाई खलंगा मुसिकोट भन्ने गरिन्छ ।
यो जिल्ला ऐतिहासिक पुरातात्विक, प्राकृतिक एवम सांस्कृतिक सम्पदामा अति नै वैभवशाली मानिन्छ । बाउन्न पोखरी त्रिपन्न टाकुरी भनेर चिनिने रुकुममा पहिलो पटक पाइला टेक्ने जो कोहि पनि हर्षविभोर नभई रहन सक्दैन । सानोभेरी, ठुलोभेरी जस्ता नदीले फन्को मारी बग्ने सयौं खोला तथा नदीनालाहरू, झर्नाहरू अनि लेकमा फुल्ने गुराँसको मनोरक दृश्य र डाँफे मुनाल तथा कालिजका सुमधुर संगितमय आवाजले जिल्लालाई अझै सुन्दर बनाएको छ । बाह्रै महिना सेतो घुम्टो ओढी उत्तरतर्फ रहेको सिस्ने हिमालको दृश्य अति नै मनमोहक देखिन्छ । धार्मिक तथा ऐतिहासिक दृष्टिले समृद्ध मानिने प्रमुख दर्शनीय स्थलहरूमा डिगे्र शाईकुमारी मन्दिर, स्यार्पू दह, कमल दह, रुकुमकोट, जुम्ली खलंगा, मुसिकोट, ढोरपाटन शिकार आरक्ष, देउराली गुफा आदि रहेका छन् ।

भौगोलिक अवस्थिति:
अक्षांश : २८ ं २९’ देखि २९ ०’ उत्तरी अक्षांश
देशान्तर : ८२ ं १२’ देखि ८२ ं ८३’ पूर्वि देशान्तरसम्म
उचाइ : ७१४ देखि ६६०२ मी. सम्म
सदरमुकाम मुसिकोटको उचाइ : १४४८ मिटर
क्षेत्रफल : २८७७ वर्ग कि.मी.

सिमाना :
पुर्व : बाग्लुङ र म्याग्दी जिल्ला
पश्चिम : जाजरकोट जिल्ला
उत्तर : डोल्पा जिल्ला
दक्षिण : सल्यान र रोल्पा जिल्ला

राजनैतिक तथा प्रशासनिक विभाजन :
विकास क्षेत्र : मध्यपश्चिम
अञ्चल : राप्ती
जिल्ला : रुकुम
सदरमुकाम मुसिकोट, खलंगा
संसदीय निर्वाचन क्षेत्र : २
नगरपालिका संख्या : १ (मुसीकोट)
गा.वि.स.संख्या : ४१
इलाका संख्या : ११
इलाका केन्द्र : ८

मुख्य व्यापारिक केन्द्र :
मुसिकोट, बांफिकोट, रुकुमकोट, आठविसकोट , राडिज्युला, नायगाड, चौरजहारी, सिम्रुत, झुलखेत, चुनबाङ्ग,सिम्ली,सोलावाङ, राउखेत, गोतामकोट, झुलनेटा, पोखरा, महत र दोमई आदि ।

हावापानी :
औषत वर्षा : १६०० देखि २४०० मि.मि.सम्म
तापक्रम : न्युनतम ०.४ ंसेल्सिियस अधिकतम
तापक्रम : ३४ ं सेल्सियस
हावापानी : अर्धउष्ण, समशितोष्ण, शितोष्ण

प्रमुख धार्मिक स्थलहरू :
डिग्रे साईकुमारी भगवती र कालिका मन्दिर खलंगा गा.वि.स., बराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट गा.वि.स., गाधिघर देउती मन्दिर बांफिकोट, देवीस्थान, सिस्ने, शिवजी मन्दिर विजयश्वरी गा.वि.स. चौरजहारी, चर्चघर मुसिकोट र तकसेरा गा.वि.स., मस्तथान मैकोट गा.वि.स.,कालिका मन्दिर गोतामकोट, लक्ष्मीनारायण मन्दिर आठविसकोट गा.वि.स.

पर्यटकीय स्थलहरू :
सिस्ने हिमाल, पुथा हिमाल, स्यार्पू ताल, कमल ताल, सुन दह, गुप्ता दह, सम्पे ताल, देउराली गुफा, तकसेरा गांउ, लुकुम गाउँ, राङसी गाउं, कोल गाउँ, हुकाम गाँउ, मैकोट गाउँ, महत गाउँ, कांडा गाउँ र सीमा गाउँका मगर वस्तीहरू, गोतामकोटको बस्ती, रुकुमकोटको वस्ती, चौरजहारी वस्ती, चांपा तरकारी विऊ उत्पादन केन्द्र, कानखाने लेक मौराखारा लेक, सिमैछरी झरना, सातामाटे कालापोखरा क्षेत्र, चित्री पाटन, लालपाटन, ढोरपाटन वन्यजन्तु आरक्ष ।

भू–उपयोगको स्थिति :
कूल क्षेत्रफल २९३१८२ हे.
कृषि योग्य जमिन ३५३५९।६८ हे.
वनजंगलः १६१७८५६ हे.
चरण क्षेत्रः ५९२०७ हे.
खेती योग्य जमिन : २९४७४ हे.
आवास क्षेत्रले ढाकेको २१४ हे.
सिंचित भूमि ६६८१.३५ हे.
खेती भइरहेको जमिन २७४८० हे.
खेत २७६०.५१ हे.
पाखो २७७१९.४९ हे.
अन्य २४६७५.७२ हे.
जिल्लाको खुद उपभोग्य खाद्य वस्तु : ६८४७३ मे.ट..
यस जिल्लामा खास प्रयोग हुने खाद्यान्न : ४०८७५ मे.ट.
जिल्लाको लागि आवश्यक पर्ने खाद्यान्न ४२३८६ मे.ट.
जिल्लाको खाद्य स्थिती १५११ (न्यून) मे.ट.

प्रजाति :
बांज, खस्रु, शिसौ, गुरांस, ओखर, साज, साल, पाङ, ठिङ्गो, चिउरी, टुनी, चांप, काफल, सल्लो, उत्तीस, चिलाउने, कटुस आदि ।

वन्यजन्तु तथा चराचुरी :
कस्तुरी, मृग, नावर, रेड पाण्डा, रातो बांदर, ढेडु, झारल, थार, बाघ, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो, डांफे, मुनाल, च्याुकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि ।

जडीबुटी :
यार्सागुम्बा, पांचऔंले, कुरिलो, टिमुर, दाल्चिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराइतो, जटामसी, भलायो आदि ।

जनसंख्या
कुल जनसंख्या : २०८५६७
पुरुष : ९९१५९
महिला : १०९४०८
घरधुरी संख्या : ४१८५६
औसत परिवार आकार : ५.९८
जनघनत्व : ७३ प्रति कि.मि.
जनसंख्या वृद्धिदर : १.०६
लिंग अनुपात : ९०.६
अरुमा निर्भर अनुपात : ४७.६४
आयु : ६८

विकास सूचक :
किशोर अवस्थाको साक्षरता प्रतिशत १५ देखि माथि ४९.१९
साक्षरता प्रतिशत ५ वर्ष माथि ६२.०८
मानव विकास ०‍.४३१
मानव गरिवी सूचकाङ्क ३९
लैगिंक विकास सूचकाङ्क ०.३६४
जिल्लाको स्थान : ६३
लैङ्गिक विकास सूचक : ०.३६४
लैङ्गिक सशक्तिकरण मापन : ०.०३३७
मानव सशक्तिकरण सूचकाङ्क : ०.१७८
सामाजिक सशक्तिकरण सूचकाङ्क : ०.२२८

शिक्षा :
कुल साक्षरता : ८७.९७
महिला साक्षरता : ५३.९२
पुरुष साक्षरता : ७१.२३
प्राथमिक विद्यालय संचालित तहगत संख्या : २४७
संस्थागत आवासिय विद्यालय संख्या : ३२
निम्न माध्यमिक तहगत संचालित संख्या : ७०
माध्यमिक तहगत संचालित संख्या : ५०
उच्च माध्यमिक तहगत संख्या : ३२
शिक्षक : (प्रा.वि.७७५, २९० राहत)
(महिला परियोजना १६)
(नि.मा.वि. १३६, राहत १४९)
(मा.वि.९८, राहत ७८)
क्याम्पस : ९

बालमैत्री स्थानीय शासन संचालित गा.वि.स. १५
शिशु स्याहार कक्षा (बाल विकास केन्द्र) २८३
नागरिक सचेतना केन्द्र ६५
बाल क्लव १८३
बाल गृह (बाल सूचना केन्द्र) १

रुकुम जिल्लामा पाइने खनिज पदार्थ :
तामा, सिसा, कोइला, फलाम, चक, स्टेल, शीलाजित, गन्धक (उत्खनन हुन बाँकी ।

जिल्लाबाट अन्यत्र निर्यात हुने वस्तुहरूः
यार्सागुम्वा, अन्य जडिबुटि, तरकारी वीऊ, घ्यु, मह, सुठो, चामल, दाल, शीलाजित, नेपाली कागज, अल्लाको प्रशोधित धागो, ऊनी कम्बल आदि ।

उद्योग व्यवसाय :
उद्योग दर्ता : ४७३
चालु उद्योग : २३९
निर्माण सेवा : ७३
उत्पादन मूलक : ८९
सेवा मूलक : २१९
सिनेमा हल : २
कृर्षि तथा वन्य जन्तु : ७८
विविध : २५
सिपमूलक तालिम प्राप्त संख्या : १५१३
लघु उद्यमी सृजना : ८३७
बन्द उद्योग संख्या : २३४
कोसेली घर : १

वित्तिय संस्थाहरू
नेपाल वैंक लिमिटेड– १
कृषि विकास वैंक– १
मध्यपश्चिम ग्रामीण विकास वैंक– २
ग्लोवल आई.एम.ई.वैंक– १
सिभिल वैंक– १
सहकारी वैंक– ३
कुमारी बैंक– १
लक्ष्मी बैंक– १
यति डेभलप्मेन्ट बैंक– १
मनी ट्रान्सफर– ११

सञ्चार :
जिल्ला हुलाक : १
इलाका हुलाक : ८
अतिरिक्त हुलाक : ३४
भि.सेट टेलिफोन सेवा : १८
पि.एस.टि.एल.लेन लाईन : २४०
स्काइ पोष्टपेड सेवा : ४३०
एन्टिसेट टेलिफोन सेवा २
नमस्ते मोवाइल सेवा : २५,०००
सी.डि.एम.ए.प्रिपेड स्काईः ६५,००
ए.डि.एस.एल ८०
द्रुत डेलिभरी सेवा : ३
स्थानीय रेडियो ५

यातायात :
हवाईमैदान : २ (चौरजहारी र सल्ले )
राष्ट्रिय लोकमार्ग (कालोपत्रे चरणमा) ३० कि.मि.
मध्यपहाडी लोकमार्ग ८५ कि.मि.
RRR SDP बाट निर्मित ५१.५३० कि.मी.
ग्रामीण सडक २३५ कि.मी.
गाडी गु्ड्ने १५० कि.मी.
ट्याक्टर गुड्ने ५० कि.मी.
झुलुङ्गे पुल (निर्माणधिन २ र विस्तृत सर्भे ७ समेत) ९१

सुरक्षा :
दि फेमस महेन्द्र दल गण, खारा गुल्म, मुसिकोट सल्ले गुल्म, चौरजहारी गुल्म, बोहरा गाउँ गुल्म, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरू, प्रहरी चौकीहरू, राष्ट्रिय अनुसन्धान कार्यालय ।

वनजंगल र वन्यजन्तु :
सामुदायिक वन : २३,६९६.६८ हे.
सामुदायिक वन संख्या : ४४४ वटा
कवुलियति वन ३७२.१४ हे.
कवुलियति वन संख्या : ८१
निजी वन ३.५१ हे.
निजी वन संख्या : ११
धार्मिक वन ४ हे.
धार्मिक वन संख्या १
जलाधार क्षेत्र २
जम्मा उपजलाधार क्षेत्र ९५

पशु स्वास्थ्य :
जिल्ला पशु सेवा कार्यालय १
पशु सेवा केन्द्र ४
पशु सेवा उपकेन्द ७
सामुदायिक पशु प्रजनन केन्द्र १३
पशु सम्बन्धी औषधी पसल ४१
पशु विमा समिति ६
पशु विकास समिति ६१
पशु विकास समूह ५२२

स्वास्थ्य :
जिल्ला अस्पताल १
चौरजहारी अस्पताल १
प्राथमिक स्वास्थ्य उपचार केन्द्र २
स्वास्थ्य चौकी ४१
आयुर्वेद औषधालय १
आँखा उपचार केन्द्र १
रुकुमेली सामुदायिक अस्पताल १
प्रसुती केन्द्र २४
पि.एस.ओ.आर.सी. १२६
दक्ष प्रसुती कर्मी २०
महिला स्वास्थ्य स्वयंसेविका ३८७
सुरक्षित मातृत्व निगरगानी समूह ९०
पोलियो कभरेज ९५
डि.पि.डी.३ कभरेज ९७
वि.सि.जी कभरेज १००
भिटामीन ए कभरेज १००
निजी क्लिनिक एवं औषधि पसल २०४
किशोरकिशोरी मैत्री प्रजनन स्वास्थ केन्द्र १९
स्रोत : जिल्ला विकास समितिको कार्यालय, सूचना तथा सामाजिक विकास शाखाद्वारा प्रकाशित् ।


Skip to toolbar